‘म राजेश हमाल’ को छायांकन सकियो



अभिनेता राजेश हमालको नाममाथि निर्माण भएको चलचित्र ‘म राजेश हमाल’ को छायांकन सकिएको छ । ५० दिनमा चलचित्रको छायांकन सकिएको निर्देशक जोन योञ्जनले जानकारी दिए । चलचित्रको सम्पूर्ण छायांकन धनगडीमा भएको हो । ‘राजेश हमाल सुपरस्टार मात्र होइन, भावना पनि हो’ भन्ने ट्यागलाइनमा केन्द्रित यो चलचित्रलाई केदार भुसालले निर्माण गरेका हुन् ।

ma rajesh hamal movie, sanchita luitel, mukund bhusal, aryan sigdel

चलचित्रमा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती, सञ्जोग रसाइली लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा अभिनेता आर्यन सिग्देल अतिथि भूमिकामा देखिनेछन् । ‘म राजेश हमाल’ राजेश हमालको जीवनीमा आधारित भएर निर्माण भएको होइन । उनको चलचित्र हेरेर प्रभावित भएका फ्यानको कथामा चलचित्रले बनेको हो ।

वर्ड पिक्चर, जोया पपया र ढाकाटोपी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अनुज हमाल कार्यकारी निर्मातामा रहेका छन् । जोन योञ्जनकै कथा रहेको चलचित्रको स्क्रिनप्ले जोन र सायद कार्कीले मिलेर तयार पारेका हुन् । अलोक शुक्लाले खिचेको यो चलचित्रलाई भीम विश्वकर्माले सम्पादन गर्नेछन् । निर्देशक जोन योञ्जनले यसअघि चलचित्र ‘बाह्र सत्ताइस’ को निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu