मंसिर १७ मा ‘ओभर डोज’



चलचित्र ‘ओभर डोज’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर निर्माण युनिटले चलचित्रको दुई पोष्टर सार्वजनिक गरेको हो । चलचित्रको रिलिज मिति आगामि १७ मंसिर समेत तोकिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको चलचित्र दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो ।

प्रेम, रोमान्स र एक्सन समेटिएको चलचित्रलाई सुमन पौडेलले निर्देशन गरेका हुन् । प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भुमिका रहेको चलचित्र जीवन कुमार केसीले निर्माण गरेका हुन् । चलचित्र युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण भएको निर्माता केसीले बताए ।

‘ओभर डोज’ रिलिजको अर्को उद्देश्य फिल्म क्षेत्र चलायमान गराउनु रहेको निर्माता केसीले बताएका छन् । यो चलचित्रले दर्शकलाई निराश नबनाउने उनको दाबी छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको चलचित्रका लेखक उपेन्द्र पन्जियार र जुनियर मोरेनो हुन् । चलचित्रलाई जि.जि ग्रूपले उपत्यका र एफडि कम्पनीले मोफसलमा वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu