‘एनपी अवार्ड’ मा विपिन र निरुता उत्कृष्ट नायक-नायिका



राजधानीमा सोमबार सम्पन्न ‘एनपी अवार्ड २०२१’ मा विपिन कार्की र निरुता सिंहल सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री तथा प्रदीप भट्टराईले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भएका छन् । राजधानीको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा आयोजित अवार्ड समारोहमा विपिन र प्रदीप ‘जात्रै जात्रा’ तथा निरुता सिंह ‘दाल भात तरकारी’ बाट अवार्ड विजेता भएका हुन् ।

२०७४ देखि २०७६ सालमा रिलीज चलचित्र तथा सिर्जित सिर्जनाहरुलाई पुरस्कृत गरिएको समारोहमा पुकार भट्टराई २०७४ को ‘पिंजडा व्याक अगेन’ बाट खलपात्र, सौरभ लामा २०७६ को ‘पासवर्ड’ बाट छायांकन, अर्जुन जिसी २०७६ को ‘साङलो’ बाट सम्पादन बनिष शाह र भुपेन्द्र अधिकारी २०७४ को ‘प्रेम गीत २’ बाट सम्पादन, रेनिष फागो ‘प्रेम गीत २’ बाटै सम्पादन, सत्यम राना २०७५ को ‘छिरिङ’ बाट कलरिस्टको अवार्ड विजेता भए ।

त्यसैगरी विभिन्न मितिका विभिन्न चलचित्रबाट यमप्रसाद ओली र रेश्मा केसी प्रडक्सन डिजाइनर, सुष्मीता खत्री छोटो चलचित्र छायांकार, संगीत खत्री छोटो चलचित्र सम्पादन, दिनशन शाह सम्पादन, गोपाल ढकाल छन्दे हास्य कलाकार, प्रेम पाण्डे चरित्र अभिनेता, सुनिता गौतम चरित्र अभिनेत्री, विनायक तामाङ निर्देशक, सुवास गुरुङ निर्देशक अवार्ड विजेता भएका छन् । त्यस्तै अभिनेता विक्रम क्षत्री र पुष्टबहादुर घिमिरेले जुरी अवार्ड तथा आशा भुषालले टेलिचलचित्रअभिनेत्रीको अवार्डलाई आफ्नो बनाए ।

पूर्व राज्यमन्त्री रामविर मानन्धरको प्रमूख आतिथ्यता तथा अभिनेता अभिनेत्री भुवन केसी, सरोज खनाल, मुकुन्द श्रेष्ठ, छयांकार तथा निर्माता निर्देशक मञ्जुकुमार श्रष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, गायिका तारा थापा, संगीतकार टीका भण्डारी, गायक तथा संगीतकार किरण प्रधानलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा मिलन चाम्सले ‘सिमाना पारि’ बोलको गीतको म्युजिक भिडियोबाट सर्वोत्कृष्ट रचनात्मक म्युजिक भिडियो निर्देशकको अवार्ड चुम्दा कुशल श्रेष्ठले ‘अधर’ बाट डायस्पोरा म्युजिक भिडियो निर्देशक, ‘लाने भए लैजाउ कान्छा’ बाट वसन्ती राईले डायस्पोरा गायिकाको अवार्डलाई आफ्नो बनाए ।

त्यसैगरी गायिका तथा मोडल ज्योति मगरले पहिलोपटक पपुलर गायिकाको अवार्ड चुमिन् भने सशन कडेल म्युजिक भिडियो निर्देशक, गजित विष्ट म्युजिक भिडियो अभिनेता, आरोही शर्मा मोडल, शिवन पोखरेल, प्रल्हाद चौलागाई, झरना रिसाल र निक्स शर्मा म्युजिक भिडियो मोडल तथा विकास बस्नेत जोनी बाबाले म्युजिक भिडियो मोडल ईन्करेजमेन्ट अवार्ड प्राप्त गर्दा दिनेश डागी लोक दोहोरी म्युजिक भिडियो मोडल, प्रकाश बस्नेत जुरीतर्फको म्युजिक भिडियो मोडल, चन्दन कुईकेल म्युजिक भिडियो डेब्यु मोडल, प्रशुनजंग पोखरेल म्युजिक भिडियो बाल कलाकार, दिनशन शाह म्युजिक भिडियो सम्पादक, मनिषा पोखरेलले पाश्र्व गायिका, रमेश पाठक डम्बर पाण्डे र राकेश महतो गायक, दील पुन र मेलीना राई युगल गीत गायन, चेतन राई पप गायक,, मेघ पौडेल डायस्पोरा गायक, योगेश काजी शाह म्युजिक एरेन्जर, यमु शर्मा सुब्बा आधुनिक गीततर्पmको गीतकार, भिष्मराज फुलारा गीतकार (जुरीक), डा. डीआर उपाध्याय लोकप्रिय गीतकार, मोहन कुमार खत्री रचनात्मक गीतकार र किरण माईकल घिमिरे गीतकारको अवार्ड विजेता भए ।

सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा फेसन इभेन्टतर्फ मिस नेवाः नेपाल ११४१ कृषा महर्जन बेस्ट कल्चरल व्युटी क्वीन, विष्णु रेग्मी व्युटिसियन, रुद्र शर्मा युवा व्यापारी, मोनित महर्जन फेसन कोरियोग्राफर, राजेन्द्र लुईंटेल मिडिया पर्सन, गीता शाह फेसन मेकअप आर्टिस्ट, दिपेन्द्र कुमार यादव युवा उद्यमी, सावित्री ढुंगाना इभेन्ट डाईरेक्टर, ग्लोबल अनलाइ पे वर्षको भोटिङ कम्पनी, सुरज थापा युवा इभेन्ट डाइरेक्टर, गणेश जोशी युवा प्रिन्सिपल, साइपल एकेडेमी वर्षको ए लेभल कलेज, शर्मिला केसी र मनकुमारी गुरुङ शिक्षाविद्, सम्झना घले वर्षको पेजेन्ट मोडल, सहिम शाह समाजसेवी, सुनीता मरासैनी, नारायण भट्टराई र रश्मीता गुरुङ मेकअप आर्टिस्ट, निर्भेस श्रेष्ठ बाल टाइटल विजेता, भवना देवकोटा मिसेस टाइटल विजेता, विनिभ श्रेष्ठ र नेहा कुमारी रे टाइटल विनर तथा सुष्मिता घिमिरे ‘वेस्ट मम अफ द इयर’ अवार्ड विजेता भए ।

२४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आएको अल नेपाल पब्लिकेसन (एनपी) मिडिया हाउसले आयोजना गरेको कार्यक्रममा एएनपी नेशनल अवार्डस–२०२१ मा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा गायक तथा संगीतकार विमल डांगी र गायिका तथा मोडल सरिता डांगी, गायक तथा संगीतकार कन्हैया सिंह परियारलाई डायस्पोरा गीत संगीत सम्मान, गायिका तथा समाजसेवी सुनिता गुरुङलाई गायन तथा समाजसेवा सम्मान, सिताराम पोखरेललाई गायन सम्मान, हेमा मानन्धरलाई इभेन्ट आयोजक सम्मान, सन्तोष सुवेदीलाई इभेन्ट डाइरेक्टर सम्मान, गीता अधिकारीलाई पत्रकार सम्मान, रमेश श्रेष्ठलाई होटल व्यवसायी तथा कलाकर्मी सम्मान, सञ्जित भण्डारीलाई अभिनय सम्मान, नन्दा बस्याललाई कलाकारिता तथा खेलाडी सम्मान, रीता केसीलाई गायन सम्मान, गायत्री थापालाई गायन तथा समाजसेवा सम्मान, नीतु कोइरालालाई अभिनय तथा मोडलिङ सम्मान, ध्रुवप्रसाद घिमिरेलाई व्यवसायी सम्मान र सन्तोष केसीलाई इन्जिनियरिङ तथा समाजसेवा सम्मानबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu