डिस्कभरी च्यानलले जसवन्तको ‘फेस्टिभल्स’ प्रिमियर गर्ने



डिस्कभरी एसिया च्यानलले एमी मनोनित तथा विभिन्न अवार्ड विजेता जसवन्त देव श्रेष्ठद्वारा निर्माण र निर्देशन गरिएको ‘फेस्टिभल्स’ डकुमेन्ट्री सिरिज प्रिमियर गर्ने भएको छ । सन् २०२१ नोभेम्बर १७ मा डिस्कभरी च्यानलमा १७ वटा एसियाली मुलुकहरुमा श्रेष्ठको डकुमेन्ट्री ‘फेस्टिभल्ज’ को प्रिमियर हुने भएको हो ।

सिंगापुर, ताइवान, थाइल्याण्ड, अफगानिस्तान, ब्रुनाई, कम्बोडिया, हङकङ, इन्डोनेसिया, लाओस, मकाओ, मलेसिया, मंगोलिया, मरिसस, म्यानमार, पपुवा न्युगिनी, सेसेल्स आइल्यान्ड र फिलिपिन्समा डिस्कभरीले डकुमेन्ट्री प्रदर्शन गर्नेछ । फेस्टिभल्ज नेपालका ५ लोकप्रिय सांस्कृतिक चाडपर्वको कथावस्तु समेिटएको ५ भागको डकुमेन्ट्री सिरिज हो । यस सिरिजमा दसैं, तिहार, सरस्वती पूजा, महाशिवरात्री र गाईजात्रा गरी पाँच पर्व समेटिएको छ ।

३ वर्ष लगाएर डकुमेन्ट्री तयार पारिएको निर्देशक श्रेष्ठ बताउँछन् । डिस्कभरी एसिया च्यानलसँग साझेदारी गर्न पाएकोमा गर्व लागेको पनि उनले बताए । ‘एकदमै नजिक छ र मेरो देशका लागि यो एउटा न्यानो प्रेमपत्र जस्तो छ,’ श्रेष्ठले भने, ‘डकुमेन्ट्री सिरिजले नेपालको भव्य सांस्कृतिक सम्पदा र पर्यटन उद्योगलाई प्रबद्र्धन गर्न सहयोग गर्नेछ ।’

क्रिएिटभ हाइट्स इन्टरटेनमेन्टमार्फत उक्त डकुमेन्ट्री बनेको हो । यो अमेरिकाको टेलिभिजन कार्यक्रम निर्माण गर्ने कम्पनी हो । कम्पनी हलिउड, लस एन्जलस, क्यालिफोर्नियामा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu