सुदर्शनको ‘राजा’ मा राज कटुवाल



निर्देशक सुदर्शन थापाले नयाँ चलचित्रको घोषणा गरेका छन् । उनले एक्सन जनरामा चलचित्र ‘राजा’ बनाउन लागेका हुन् । झिलिमिली पर्व तिहारको अवसर पारेर उनले शुक्रवार सामाजिक सञ्जाल इन्स्टाग्राफमार्फत् चलचित्रको थिम पोस्टर सार्वजनिक गरेका छन् । आउँदो माघको दोस्रो हप्ताबाट छायांकन सुरु हुने यस चलचित्रमा नायक राज कटुवाल मुख्य भूमिकामा देखिनेछन् ।

चलचित्रलाई परशुराम बस्नेतले निर्माण गर्नेछन् । उनी नेपाल खेलकुद माहासंघका बरिष्ठ उपाध्यक्ष, प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य तथा नेकपा एमालेका युवा नेता समेत हुन् । पहिलो पटक चलचित्र निर्माणमा हात हाल्न लागेका उनले ‘राजा’ को कथावस्तु मन परेकाले लगानी गर्न लागेको बताएका छन् । चलचित्रको कथा शिवम् अधिकारीले लेखिरहेका छन् ।

चलचित्रका लागि राजबाहेक अन्य कलाकार फाइनल भइसकेका छैनन् । चाँडै चलचित्रको औपचारिक घोषणा कार्यक्रमको आयोजना गरेर बाँकी कलाकार पनि सार्वजनिक गरिने निर्देशक थापाले बताए । उनले निर्देशन गरेका दुई चलचित्र ‘म यस्तो गीत गाउँछु २ र सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पखाईमा रहेको छ । लभस्टोरी चलचित्र निर्देशन गर्न उनी सिपालु मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu