यस्तो रह्यो कलाकारहरुको भाइटीका (फोटोसहित)



नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् आज भाइटीका । देश तथा विदेशमा दाजुभाइले आफ्ना दिदीबहिनीको हातबाट दीर्घायू र सु-स्वास्थ्यको कामनासहित भाइटीका लगाइरहेका छन् । बिहान ११ बजेर २ मिनेटको साइतमा भाइटीका लगाइएको हो । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व उत्साहका साथ मनाइन्छ ।

नेपाली कलाकारहरुले पनि भाइटीका लगाएका छन् । दीपकराज गिरी, भोलाराज सापकोटा, सन्दिप क्षेत्री, ऋचा शर्मा, साम्राज्ञी आरएल शाह, जितु नेपाल, निर्मल शर्मा, खगेन्द्र लामिछाने, केकी अधिकारी, नीता ढुंगाना, सारिका घिमिरे, अनु शाह, रुविना थापा लगायतका कलाकारहरुले आफ्ना दाजु-भाई दिदी-बहिनीसँग टीका लगाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

तस्विरमा हेरौं कलाकारहरुको भाइटीका :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu