पुष २ मा ‘चपली हाइट ३’ रिलिज हुने



अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘चपली हाइट ३’ ले आउँँदो पुष २ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गर्दै हलहरुमा टिजर बजाउन सुरु गरिएको छ । आउँदो हप्ता चलचित्रको नयाँ ट्रेलर सार्वजनिक गरिने निर्माता अर्जुन कुमारले बताए । यसअघि २०७७ सालको चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोनाका कारण रिलिज रोकियो ।

अर्जुन कुमार फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा स्वस्तिमाका अलावा अर्पण थापा, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारी लगायतको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको चलचित्रमा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । चलचित्रका निर्देशक निकेश खड्का हुन् ।

कोरोनाको डरले अझै केही समय दर्शक सिनेमा हलसम्म आउँदैनन् भनेर बसेका निर्माताहरु बलिउड चलचित्र ‘सूर्यवंशी’ ले नेपालमा आक्रामक व्यापार गरेपछि तात्न थालेका छन् । ठूला ब्यानरहरु अब आफ्नो चलचित्रको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा जुटेका छन् । तर, बलिउड चलचित्रले राम्रा मिति जति सबै ‘बुक’ गरिसकेकाले आउँँदो एक वर्षसम्म नेपाली चलचित्रलाई राम्रो मिति भेट्न गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu