मंसिर ४ मा गायक कुमार सानुले जनकपुरधाममा प्रस्तुती दिने



९० को दशकका लोकप्रिय भारतीय गायक कुमार सानुको नेपालको जनकपुरधाममा आयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ कार्यक्रम प्राविधिक कारणले मंसिर ४ मा सरेको छ । यसअघि कार्तिक २७ गतेलाई यो कार्यक्रम तय गरिएको थियो । जनकपुरको होटल राज दरवारमा आयोजना हुने कार्यक्रममा गायक सानुले आफ्ना चर्चित भारतीय गीत नेपाली दर्शकलाई सुनाउनेछन् ।

गायक सानुले दुई दर्जन बढी नेपाली गीतमा समेत आवाज भरेका छन् । उक्त कन्सर्टमा उनले नेपाली गीत पनि गाउने आयोजक संस्था ब्लूबर्डले जानकारी दिएको छ । उनको आवाजमा रहेका ‘भरे आउँछु सपनीमा, फूल भए जिन्दगी, म त अब रिसाउँछु, साचिरहँ जस्तो लाग्छ, मनको मन्दिर, जनम जनमको, म त आएँ, यसपालीको बसन्तमा’ लगायतका नेपाली गीत लोकप्रिय छन् ।

कन्सर्टमा नेपालका चर्चित गायक सुगम पोखरेल, रोशन पराजुली र कलाकार पूजा ठाकुरले पनि प्रस्तुती दिनेछन् । कार्यक्रमको होस्ट सुशील नेपालले गर्नेछन् । दिउँसोको साढे ४ बजेबाट सुरु हुने कन्सर्टमा सहभागी हुनका लागि ४५ सय र ३ हजारको टिकट दर तय गरिएको छ । उक्त कार्यक्रममा प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथीको रुपमा उपस्थित हुनेछन् ।

‘कुमार सानु लाइभ इन कन्सर्ट’ ले जनकपुरस्थित धार्मिक तथा प्रदेश नं। २ को पर्यटक प्रवद्र्धनमा सघाउ पुग्नेमा आयोजक ब्लूबर्ड इन्टरटेन्मेन्ट र सह आयोजक जनकपुर उद्योग वाणिज्य संघले विश्वास व्यक्त गरेको छ । एक भिडियो सन्देशमार्फत् गायक सानुले आफू जनकपुरमा आउन लागेको बताएका छन् । उनी यसअघि केही पटक सांगीतिक प्रस्तुतीका लागि नेपाल आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu