‘प्रकाश’ लाई बैशाखमा रिलिजको तयारी



तिहारमा रिलिज भएको बलिउड चलचित्र ‘सूर्यवंशी’ ले सिनेमा हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरु आफ्नो चलचित्र रिलिजका लागि तात्न थालेका छन् । सोमवार चलचित्र ‘चपली हाइट ३’ ले आउँदो पुष २ गतेलाई प्रदर्शन मिति घोषणा गर्‍यो । अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ लाई पनि आउँदो बैशाख तेस्रो साता प्रदर्शन गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।

आउँदो बैशाख १ गते (अफ्रिल १४) बाट प्रदर्शनमा आउन लागेको साउथको बहुप्रतिक्षीत चलचित्र ‘केजीएफ २’ लाई दुई हप्ता छाडेर ‘प्रकाश’ प्रदर्शन हुने प्रवल सम्भावना छ । आउँदो बैशाखको २३ वा ३० गतेभित्र चलचित्रलाई प्रदर्शन गर्ने गरी अहिले निर्माण टिमले वितरकसँँग छलफल गरिरहेको छ । नेपाल प्रदर्शनअघि चलचित्रलाई अन्तर्राष्ट्रिय महोत्सवहरुमा पठाइने जानकारी प्राप्त छ ।

दिनेश राउतको निर्देशनमा बनेको यस चलचित्रमा प्रदीपको अपोजिटमा रेनु योगी छिन् । रेनुले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । चलचित्रमा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् ।

निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथामा चलचित्र आधारित छ । चलचित्रमा प्रदीपले पहिलो पटक गाउँले युवकको निर्वाह गरेका छन् । राजेश श्रेष्ठले खिचेको यो चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको चलचित्रका गीतमा तारा प्रकाश लिम्बु, एलिसा कार्की र दीपक शर्माले संगीत भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu