कमेडी चलचित्र ‘सिल्ली फो’ मा केकी



राजबहादुर सानेको लेखन तथा निर्देशनमा चलचित्र ‘सिल्ली फो’ निर्माण हुने भएको छ । चलचित्रमा केकी अधिकारी मुख्य भूमिकामा छिन् । चार बदमासको कथामा निर्माण हुने यो चलचित्रको पहिलो चरणको छायांकन पूरा भइसकेको छ । १५ दिन खिचेर ब्रेक लिइएको चलचित्रको मंसिर १ गतेबाट दोस्रो चरणको छायांकन हुने निर्देशक सानेले बताए । चलचित्रको सम्पूर्ण छायांकन बाँकेमा हुनेछ ।

keki adhikari

चलचित्रमा केकीका अलावा राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल कार्की, रमेश बजगाइँ, सरस्वती रामजाली मगर, सागर विष्ट, कुशल बोहोरा, गोपाल विक, राजकुमार सापकोटा, छत्रेश्वर प्रसाद शर्मा लगायतका कलाकारहरु अभिनय रहनेछ । चलचित्रको मुल कथा केकीको वरिपरी घुम्ने जानकारी प्राप्त छ ।

रुद्र खनाल प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा मनोज डिके र सह-निर्मातामा विशाल श्रेष्ठ र सागर विष्ट रहेका छन् । चलचित्रमा दिव्यराज सुवेदी छायाँकार, पुरुषोतम न्यौपाने संगीतकार र रामजी लामिछाने कोरियोग्राफरको रुपमा छन् । ‘पर्खी बसे फर्की आउनेछु, डोली, विरांगना’ जस्ता चलचित्रको निर्देशन गरिसकेका सानेले ‘सिल्ली फो’ उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu