मुस्ताङमा यसरी हुँदैछ ‘कबड्डी ४’ को छायांकन



निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत बनेको चलचित्र ‘कबड्डी ४’ को यतिबेला मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ । निर्माता मणिराम पोखरेलले चलचित्रको ५० प्रतिशत छायांकन पूरा भइसकेको जानकारी दिए । उनका अनुसार, अबको १५ दिनमा चलचित्रको छायांकन सकिनेछ । यसपछि चलचित्रको प्रदर्शन मिति घोषणा गरिने उनले बताए ।

मौसमले राम्रो साथ दिएकाले चलचित्रको छायांकनमा अवरोध नआएको उनको भनाई छ । चलचित्रको सेटबाट निर्माण टिमले मंगलवार एक तस्विर सार्वजनिक गरेको छ, जसमा दयाहाङ राई, बुद्धि तामाङ र विजय बराल देखिएका छन् । रामबाबु गरुङले निर्देशन गरिरहेको चलचित्रमा सौगात मल्ल, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको अभिनय रहेको छ ।

बासुरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रको कथा निर्देशक गरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन् । चलचित्रको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार छन् भने निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि. कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । यो चलचित्रलाई ‘कबड्डी’ को ‘फाइनल म्याच’ अर्थात् अन्तिम सिरिज भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu