माघ १९ गतेबाट ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन हुने



अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनीत बहुप्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले प्रदर्शन मिति घोषणा गरेको छ । आउँदो माघ १९ गते (सोनाम ल्छोहार) बाट चलचित्र देशव्यापी प्रदर्शनमा आउन लागेको हो । यसअघि २०७६ को फागुन ३० गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोनाका कारण रिलिज हुन सकेन ।

चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै निर्देशक सुदर्शन थापाले फेसबुकमा लेखेका छन्, ‘कुनै एक फिल्ममा मात्र नभइ पुरै नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उद्देश्यका साथ नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ यहि वर्षको माघ १९ प्रदर्शन गरिने निर्णय गरेको छौं ।’

चलचित्रमा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले चलचित्रको कथा लेखेका हुन् । पूजा र सुदर्शनले मिलेर निर्माण गरेको चलचित्रको सह-निर्माता जन्मजय साम्पाङ राई हुन् । चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu