लोकप्रिय डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहेर टेलिजिन रियालिटी शोको घोषणा भएको छ । शिखर नेपालले आयोजना गर्ने शोको नाम ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो-२०७८’ राखिएको छ । अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने शोको बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएएको छ ।
नेपाली फिल्म क्षेत्रकी चर्चित कलाकारहरु गौरी मल्ल, रमेश उप्रेती तथा बर्षा सिवाकोटी शोको निर्णायकका रुपमा रहेका छन् । टिकटकको प्रयोग पनि सही र राम्रा कामका लागि हुन सक्छ भन्ने मान्यता राखेरै शोको निर्णयक हुन आफुहरु तयार भएको छ । प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाईकल र तेस्रोलाई स्कुटर उपहारसंगै टप १० भित्र पर्ने प्रतिस्पर्धीहरुलाई समेत कम्प्युटर, क्यामेरा, टि.भि., फ्रिज, मोवाईल, घडी लगायतका उपहार दिने शोका निर्देशक हरी शर्माले पत्रकार सम्मेलनका माझ बताएका छन् ।

माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकारहरुलाई समेत शिखर सम्मान प्रदान गरिएको छ । सदाबहार अभिनेता भुवन केसी, लोकप्रिय अभिनेता सरोज खनाल, वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दिप अर्याल, साहित्यकार भिष्मराज फुलारा तथा संचारकर्मी सुदर्शन प्रसाद आचार्य ‘शिखर सम्मान २०७८’ द्वारा सम्मानित भएका छन् ।
टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेटफर्म बनाउन सकिन्छ भन्ने उदेशयका साथ कार्यक्रम आयोजना गर्न लागिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले सुनाए । नाईस टेलिभिजन एचडीबाट प्रशारणमा आउंने शोमा टेक प्रसाद बास्तोला निर्माताका रुपमा रहेका छन् । गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेण्ड देखि ३ मिनेट सम्मको हुनुपर्नेछ भने अनलाईन अडिसनको समय मंसिर मसान्तसम्म आव्हान गरिएको छ ।