प्रिमियरमा मिल्यो ‘द भ्वाइस किड्स’ लाई उत्कृष्ट प्रतिक्रिया



आज बेलुकी ८ बजेबाट हिमालय टीभीमा प्रशारण हुन लागेको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को बिहिबार बेलुकी एफक्यूब हलमा प्रिमियर गरिएको छ । आज बेलुकी प्रशारण हुने कार्यक्रम पत्रकार, विज्ञापनदाता र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बिहिबार नै देखाइएको हो ।

६ बर्षदेखि १४ बर्ष उमेर समुहका बालबालिकाहरुले सहभागीता जनाएको यो कार्यक्रमको ‘ब्लाइन्ड अडिसन’ आजबाट प्रशारण हुनेछ । प्रिमियरमा शो हेरेपछि मिडियाकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । बालबालिकाहरुको भावनालाई समेत ध्यानमा राखेर उत्कृष्ट तरिकाले शो तयार पारिएको उनीहरुको भनाई छ ।

प्रिमियरमा पाएको प्रतिक्रियाले आफूहरु उत्साहित भएको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । उनले भने–‘कार्यक्रम तयार गर्दा नै हामीलाई शोले कस्तो प्रतिक्रिया पाउँछ भन्ने अड्कल लगाएका हुन्छौं । प्रिमियरमा विभिन्न क्षेत्रका मानिसहरुले दिनु भएको प्रतिक्रियाले उत्साह थपेको छ । अब, दर्शकले दिने प्रतिक्रियाबाट अझै हामीलाई थप उर्जा मिल्नेछ ।’

शोका निर्माता तथा संचालक सुशिल नेपालले बालबालिकाहरुसँग जोडिएको यो शोको छायांकनका क्रममा आफू कैयौं पटक रोएको बताए । प्रिमियरमा यो शो हेरेपछि अतिथीहरु पनि भावुक बनेका थिए । हिमालय टीभीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुने यो शोमा राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी, मिलन अमात्य कोचको रुपमा छन् ।

यो शो २० भाग प्रशारण हुनेछ । राजु र प्रमोद यसअघि ‘द भ्वाइस अफ नेपाल’को तिन श्रृङ्खलामा कोचको रुपमा प्रस्तुत भैसकेका छन् । मिलन र प्रविशाका लागि भने यो शो नयाँ हो । तर, प्रिमियरमा शो हेरेका अधिकांशले मिलन र प्रविशाको प्रस्तुतिको खुलेरै प्रशंसा गरे । उनीहरुले भने–‘यसपटक २ नारी भारी पर्ने देखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu