छायांकनमा निस्कने तयारीमा ‘के घर के डेरा’



निर्देशक सुब्रतराज आचार्य लामो समयदेखि चलचित्र ‘के घर के डेरा’ को तयारीमा छन् । २०७६ सालको माघमा चलचित्रको घोषणा भए पनि कोरोनाका कारण छायांकनमा निस्कन सकेको थिएन । अब भने निर्देशक आचार्य आउँदो २/३ महिनाभित्र छायांकनमा निस्कने तयारीसहित फेरि एकपटक चलचित्रको स्क्रिप्टमा बसेका छन् । उनलाई ‘जात्रा’ फेम्ड निर्देशक प्रदीप भट्टराईले स्क्रिप्ट करेक्सन गर्न सघाएका छन् ।

सुब्रत भन्छन्, ‘स्क्रिप्टलाई थप निर्खानका लागि अहिले म र प्रदीपजी साथमा बसेर काम गरिरहेका छौं । स्क्रिप्ट नै फिल्मको मेरुदण्ड भएकाले हतार नगरी काम गर्नेछौं ।’ चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, लुनिभा तुलाधर, आर्सिना भट्टराईलगायत कलाकारको अभिनय रहनेछ ।

‘हरि’ चलचित्रका निर्देशक सफल केसी र प्रतिक गुरुङले चलचित्रको पटकथा तयार पारेका हुन् । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर चलचित्र निर्माण हुनेछ । पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’ को नाम सापटी लिएर बन्न लागेको चलचित्रलाई दिर्घ वीर गुरुङले खिच्नेछन् । निर्देशक आचार्यले यसअघि ‘अर्धकट्टी’ र ‘सुश्री सम्पत्ति’ चलचित्रको निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu