फागुन २७ मा ‘सम्हालिन्छ कहिले मन’



सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै आउँदो फागुन २७ गतेबाट चलचित्र प्रदर्शनमा आउने जानकारी गरायो । बेलायतमा ४५ दिनसम्म छायांकन भएको चलचित्र को गत फागुनमा दुबईमा एक गीत र केही सिनहरु खिचिएको थियो । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रबाट नायकको रुपमा सोनम तोप्देनले डेब्यू गर्दैछन् । चलचित्रमा उनले पूजासँग रोमान्स गरेका छन् । उनी गायक समेत हुन् । सौरभ लामाको छायांकन रहेको चलचित्रको कथा महेश दवाडीले तयार पारेका हुन् ।

अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना र अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् । गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट नाम सापटी लिएर यो चलचित्र निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu