ट्रेलरमा यस्तो देखियो ‘ओभर डोज’



चलचित्र ‘ओभर डोज’को ट्रेलर सार्वजनिक भएको छ । आगामि १७ मंसिरमा सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको चलचित्रको ट्रेलर हलिउड शैलीमा निर्माण भएको छ । दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा बनेको हो । चलचित्रका निर्देशक सुमन पौडेल हुन् ।

प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भुमिका रहेको चलचित्र जीवन कुमार केसीले निर्माण गरेका हुन् । निर्माता जीवन कुमार केसीले चलचित्र युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण गरेको बताए ।

चलचित्रमा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको चलचित्रका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको चलचित्रलाई जि.जि ग्रूपले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu