चलचित्र निर्देशक समाजको संयोजनमा आगामी मंसिर १ गतेदेखि ७ गतेसम्म निजगढमा ‘चलचित्र निर्माण आधारभूत प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम’ आयोजना हुने भएको छ । निजगढस्थित तारा इन होटलमा एक हप्तासम्म चल्ने कार्यक्रममा लेखन, निर्माण, सम्पादन, निर्देशन, अभिनय र मिडिया एण्ड मार्केटिङ्ग लगायतका विधामा प्रशिक्षण गराइनेछ ।

कार्यक्रममा अभिनेता निखिल उप्रेती र अनुप बरालले अभिनय, युवराज लामाले चलचित्र प्रोडक्सन, दयाराम दाहालले निर्देशन, सन्तोष श्रेष्ठले मिडिया एण्ड मार्केटिङ्ग, रक्षा सिंह राणाले सम्पादन, जनकदीप पराजुलीले मार्केटिङ्ग एन्ड ड्रिष्ट्रिब्यूशन, सामिप्य तिमल्सिनाले स्क्रिप्ट लेखन र पुरुषोत्तम प्रधानले छायांकनबारे प्रशिक्षण दिनेछन् ।
चलचित्र विकास बोर्डको आयोजना र चलचित्र तथा लोक संचार प्रवर्द्वन बोर्डको सह-आयोजनामा हुन लागेको कार्यक्रमले नेपाली फिल्मप्रति आकर्षण बढाउनुको साथै नेपाली चलचित्रको प्रवर्द्वनमा ठूलो मद्दत पुग्ने निर्देशक समाजको विश्वास छ । प्रशिक्षणमा सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको गरी ३० जना प्रशिक्षार्थी रहनेछन् । युवराज लामाको प्रस्ताव यो कार्यक्रम हुन लागेको हो ।




