आँचलको चलचित्रमा प्रदीप ?



चलचित्र निर्माणतर्फ कलाकारहरुको आकर्षण बढ्दो छ । अब अभिनेत्री आँचल शर्मा पनि निर्मात्री बन्ने तयारीमा छिन् । दुई वर्ष अगाडि उदिप श्रेष्ठसँग विवाह गरेकी उनले श्रीमानलाई निर्माताको रुपमा उभ्याएर चलचित्र बनाउन लागेकी हुन् । चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्नेछन् । आँचल दाम्पतिले कयौं पटक निर्देशक चाम्सको घरमा बसेर चलचित्रको बारेमा छलफल गरेका छन् ।

तर, यो चलचित्र तत्काल बन्ने छैन । अहिले मिलन चलचित्र ‘गोर्खा वारियर २’ निर्माणको तयारीमा छन् । योसँगै उनको पाइपलाइनमा अर्को दुईवटा चलचित्र छ । आँचलले बनाउने चलचित्र एक वर्षपछि मात्र छायांकन निस्कन सक्नेछ । चलचित्रमा उनी नै मुख्य भूमिकामा देखिने सम्भावना रहेको बताइन्छ । चलचित्रका लागि नायकको अफर भने प्रदीप खड्कालाई गरिएको स्रोतले जानकारी दिएको छ ।

दशैंअघि प्रदीपसँग मिलन चाम्सको केही चरण चलचित्रको बारेमा कुराकानी भएको थियो । प्रदीपलाई चलचित्रको स्क्रिप्ट मन परे पनि काम गर्ने वचन दिइसकेका छैनन् । चलचित्र ‘हुतुतु’ का कारण उनले निर्णय दिन नसकेको बताइन्छ । उनले चलचित्रमा काम गर्नेमा मिलन र आँचल भने विश्वस्त छन् । चलचित्रमा प्रदीपलाई लिने प्रस्ताव आँचलले नै निर्देशक चाम्ससमक्ष राखेको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu