अभिनेत्री कविता गुरुङको ‘म अनि मेरो’ किताब लोकार्पण



चलचित्र ‘बोबी’ की अभिनेत्री तथा निर्मात्री कविता गुरुङले आत्मकथा ‘म अनि मेरो’ लेखेकी छन् । उनले लेखेको यो किताबको सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्देशक मिलन चाम्सले लोकार्पण गरे । उनले आफ्नो कलेज लाइफ, उमेश थापासँग प्रेम र अन्तरजातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई किताबमा उतारेकी छन् ।

कविता र उमेशको प्रेमकथामा आधारित भएर चलचित्र ‘बोबी’ बनेको थियो । चलचित्रमा छुटेका कुराहरुलाई किताबमा समेटिएको कविताले बताइन् । उनले भनिन्, ‘साढे २ घन्टाको चलचित्रमा धेरै कुरा छुटेको छ । चलचित्रमा छुटेका कुराहरु किताबमा समेटेको हुँ । मैले यो किताब अहिलेको म भएर होइन कि त्यो बेलाको म भएर लेखेको छु । मैले जीवनमा भोगेका कुराहरु नै किताबमा छन् ।’

लकडाउनको समयमा आत्मकथा लेख्ने सोच आएको उनको भनाई छ । ‘किताब लेख्दै गर्दा किताब किन नलेखेको, के कारणले लेखेको भनेर खुलाउनु पर्ने रहेछ, जुन मलाई पहिला थाहै थिएन । मैले लकडाउनको समयलाई उपयोग गरेको हुँ । त्यसबेला गर्नलाई केही थिएन । अन्तै दिमाग लैजानुभन्दा आफ्नै कहानी लेख्ने निर्णय गरेँ र आज किताब प्रकाशन भएको छ,’ उनले भनिन् ।

कविता आफू व्यवसायिक राइटर नभएको र किताब किनेर पढ्न रुचाउने स्वभाव पनि आफ्नो नरहेको बताउँछिन् । न त उनले कहिल्यै आत्मकथा लेख्छु भनेर नै सोचेको थिइन् । तर, ४० वर्षको उमेरमा आएर लेखिका भएकोमा उनी खुसी छिन् । किताबले पाठकलाई आफ्नो बारेमा नजिकबाट बुझ्न सघाउने उनको भनाई छ । पुस्तकमा कविताले श्रीमानलाई विशेष स्थान दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu