डोल्पामा ‘बुलाकी’ को छायांकन



तिहारलगतै छायांकन सुरु भएको चलचित्र ‘बुलाकी’ को ३५ प्रतिशत छायांकन पूरा भएको छ । यतिबेला चलचित्रकोे डोल्पामा छायांकन भइरहेको छ । छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका छन् । चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता बिराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीलगायतका कलाकार प्रमुख भूमिकामा छन् ।

इन्टरनेट तथा मोबाइल टावरको प्रचुर ब्यबस्था नभएको स्थानहरुमा छायांकन भइरहेकाले आफूहरु अर्कै दुनियाँमा पुगेजस्तो महसुस भइरहेको अनुभव नवअभिनेता बिराजले सुनाएका छन् । ‘यहाँ न नेट छ, न मोबाइल टिप्छ,’ आफू सुगम स्थानमा आएको मौका छोपेर फोन गरेको बताउँदै उनले भने, ‘हामीहरु अर्कै दुनीयाँमा आएजस्तो महसुस भइरहेको छ ।’

अभिनेत्री सुरक्षाले केही दिनअघि भौगोलिक, सामाजीक तथा प्राकृतिक हिसावले बेग्लै स्थानमा त्यहाँका बासिन्दा जसरी बाँच्दाको अनुभूति फेसबुकमा पोस्ट गरेकी थिइन् । उनले धेरै कुरा लेख्न मन लागे तापनि नेट नहुदाँ असमर्थ भएको उल्लेख गरेकी थिइन् । सौगता कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ का गीतमा गोबिन्द मधुर आचार्य,श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ ।

कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको चलचित्रको छायाँकार शिब ढकाल हुन् । से–फोक्सोन्डो तालमा समेत खिचिने चलचित्रमा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँले, अमीत परियारलगायतको पनि अभिनय छ । चलचित्रको पूरा छायांकन सकिन अझै दुई साता जति लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu