राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिलाको जीवनीमा चलचित्र बन्ने



राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनीमा चलचित्र निर्माण हुने भएको छ । एन्जिलाको पूर्वाञ्चल क्षेत्रीय टोलीको गोलरक्षकदेखि राष्ट्रिय फुटबल टोलीको गोलकिपरसम्मको यात्रालाई देखाइने चलचित्रको निर्देशन मिलन चाम्सले गर्नेछन् । एन्जिलाले आफ्नो खेल जीवनमा गरेको संघर्ष र हासिल गरेको सफलता प्रेरणादायिक रहेकाले चलचित्र बनाउने लागेको चाम्सले बताए ।

यम थापाले चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् । प्रेम कुमार श्रेष्ठको निर्माण रहने चलचित्रको वर्किङ टाइटल ‘एन्जिला’ राखिएको छ । चलचित्रको छायांकन अर्को वर्ष हुन सक्नेछ । कोरोनाले रोकिएको चलचित्र ‘गोर्खा वारियर २’ को यही आइतवारबाट बाँकी छायांकन सुरु हुन लागेकाले यो चलचित्र प्याकअप भएपछि एन्जिलाको जीवनीमा बन्ने चलचित्रको छायांकन सुरु गरिने चाम्सले जानकारी दिए ।

चलचित्रमा अभिनय गर्ने मुख्य कलाकारहरु फाइनल भइसकेका छन् । तर, निर्देशक मिलन चाम्सले चलचित्रको घोषणा सभामा मात्र कलाकारको नाम सार्वजनिक गर्ने बताए । गोप्य स्रोतले दिएको जानकारी अनुसार, चलचित्रमा दयाहाङ राई र सिर्जना सुब्बा मुख्य भूमिकामा देखिँदैछन् । यो चलचित्रमा एन्जिलाले पनि अभिनय गर्न सक्ने प्रवल सम्भावना रहेको बुझिएको छ । उनले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu