चैत्र १८ मा ‘पासो’ आउने, रीस्ताको यस्तो रुप



नायिका रीस्ता बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘पासो’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो चलचित्र चैत्र १८ अर्थात अप्रिंल १ तारिखबाट देशभर रिलिज हुने वितरक करण श्रेष्ठ ‘क्रेजी’ले जानकारी दिएका छन् ।

सरु र प्रमिला नाम गरेका दुई जना साथी एक अपराधिक गिरोहद्धारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा यो चलचित्र निर्माण भएको छ । यी दुईले आफूलाई खतरनाक परिस्थितीबाट जीवीत राख्न गरेको संघर्षको कथामा यो चलचित्र निर्माण भएको निर्देशक आर.बी पुनले जानकारी दिए ।

चलचित्रमा पुनको नै कथा, पटकथा तथा संवाद छ । चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् । बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ चलचित्रका सह–निर्माता हुन् । चलचित्रमा रीस्ताको साथमा सुनिसा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । चलचित्रमा सूर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

चलचित्रको फर्स्टलुकबाटै नायिका रीस्ताको मिहिनेत झल्किएको छ । दर्शकले फरक स्वादको चलचित्र हेर्न पाउने विश्वास निर्माणपक्षले गरेको छ । नायिका रीस्ता बस्नेतले पनि लामो समयपछि आफूले खोजेजस्तो कथामा काम गर्न पाएको बताइन् । चलचित्रलाई जीजीए गु्रप र एफडी कम्पनीले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu