करण सिंहको चलचित्रमा पल शाह अनुबन्ध



कोरोनाका कारण करीब २ वर्ष ठप्प रहेको नेपाली चलचित्र क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । तिहारमा रिलिज भएको बलिउड चलचित्र ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरु चलचित्रको रिलिज डेट घोषणा गर्न अगाडि सरेका छन् भने धेरै निर्माताहरु चलचित्र निर्माण गर्न तम्सिएका छन् ।

लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका करण सिंहले पनि नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । उनले बनाउन लागेको चलचित्रमा चर्चित नायक पल शाह अनुबन्धित भएका छन् । आर.के.एस. इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने लभस्टोरी चलचित्रको कथा सिंहकै रहेको छ भने पटकथा अभिमन्यु निरवीको रहनेछ।

चलचित्रको लागि नायिका र अन्य कलाकार तथा प्राबिधिक टिमको छनोट गर्ने कार्य भई रहेको छ । माघको अन्तिममा फ्लोरमा निस्कने चलचित्रको डिजिटल राइट डिआर मुभिजले खरिद गरेको छ । चलचित्रको नाम केही दिनमा औपचारिक रुपमा सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu