यश कुमारको निर्देशनमा पलले काम गर्ने !



लोकप्रिय गायक यश कुमारले नयाँ चलचित्रको निर्देशन गर्ने भएका छन् । ‘छिरिङ’ बाट निर्देशनमा डेब्यू गरेका उनले नयाँ चलचित्रमा नायक पल शाहलाई निर्देशन गर्न लागेको जानकारी प्राप्त छ । बिहीवार पलले करण सिंहले निर्माण गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेका थिए ।

निर्माण टिमले चलचित्रमा पल अनुबन्ध भएको जानकारी गराए पनि निर्देशकको नाम लुकाएको थियो । प्राप्त जानकारी अनुसार, उक्त चलचित्रलाई यश कुमारले निर्देशन गर्नेछन् । अहिलेसम्म चलचित्रमा पलबाहेक अरु कलाकार फाइनल भएका छैनन् । चलचित्रका लागि नायिकासँगै अन्य कलाकारको छनोट कार्य भइरहेको निर्माता सिंहले जानकारी दिएका छन् ।

चलचित्रमा मुख्य नायिकाका लागि अहिले निर्माण टिमले दुई नायिका उपासना सिंह ठकुरी र मलिका महतसँग कुराकानी गरिरहेको जानकारी प्राप्त छ । स्रोतका अनुसार, उपासना चलचित्र गर्न सकारात्मक देखिएकी छन् । आर.के.एस. इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने चलचित्रको कथा सिंहकै छ भने पटकथा अभिमन्यु निरवीको रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu