बैबाहिक जीवनमा बाँधिइन् गायिका प्रविशा



चर्चित गायिका प्रविशा अधिकारी बैबाहिक जीवनमा बाँधिएकी छन् । झापा जिल्लाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग उनले लगनगाँठो कसेकी हुन् । आइतवार झापाको एक पार्टी प्यालेसमा उनीहरुको विवाह भइरहेको छ । विवाहमा संगीत क्षेत्रका व्यक्तिहरुको उपस्थिति न्यून रहेको जानकारी प्राप्त छ । विवाह गर्नुभन्दा तीन दिनअघि प्रविशा र निर्माणले औंठी साटेका थिए ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका प्रविशाका श्रीमान् आईटी क्षेत्रमा सक्रिय छन् । दशैंअघि प्रविशा र निर्माणबीच पहिलो पटक भेट भएको थियो । त्यसअघि उनीहरुको बोलचाल फेसबुकमा मात्र सीमित थियो । निर्माणको परिवारबाट बिहेको प्रस्ताव आएपछि प्रविशाले बुझेर निर्णय लिने भनेकी थिइन् । निर्माणको बानी ब्यहोरा मन परेपछि उनी बिहेको लागि राजी भएकी थिइन् ।

पछिल्लो समय आधुनिक गीतमा निकै जमेकी प्रविशाले अहिले ‘द भ्वाइस किड्स’ मा कोच छिन् । उनले गाएका आधुनिक गीतसँगै चलचित्रका गीतहरु पनि निकै चर्चित छन् । चलचित्र ‘रोज’ को ‘फूल हैन’ गीत गाएपछि चर्चामा आएकी उनको ‘प्रेमगीत ३’ मा समावेश ‘हर युग होस्’ गीत पनि लोकप्रिय छ । उनको गायन कलासँगै सुन्दरताको पनि उतिक्कै प्रशंसा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu