मंसिर ६ देखि ‘नेपाल मानव अधिकार चलचित्र महोत्सव’ हुँदै



मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा नवौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव हुने भएको छ । केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्दै आएको छ ।

कोभिड–१९ का कारण बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नवौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अनलाइनको माध्ययमबाट मंसिर ६ देखि ९ गतेसम्म हुने भएको हो । महोत्सवमा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्रका साथै सबै विधाका चलचित्र देखाइने छ । देखाइने चलचित्रहरु महोत्सवमा आवेदन परेका मध्येबाट छनोट गरिएको हो ।

चलचित्र हेरिसकेपछि ‘मानव अधिकार र न्यायका लागि वातावरण’, ‘मानव अधिकारमा कोरोनाको प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तिकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका’ जस्ता विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग अन्तर्क्रियाको कार्यक्रम गरिनेछ । त्यस्तै, ‘ओटीटी प्लेटफर्ममा नेपाली चलचित्र कसरी पुर्‍याउने ? बारे मास्टरक्लासको पनि आयोजना गरिने बताइएको छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय विधामाका चलचित्र प्रदर्शनका लागि राखिए पनि नेपाली विधाका फिल्ममा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धीमध्ये निर्णायक टिमले फिक्सन, वृत्तचित्र र महिला चलचित्रकर्मीमा विजेता छनोट गरी पुरस्कार घोषणा गरिनेछ । आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित महोत्सवका निर्णायक हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu