दुई दिने फिल्म फेस्टिभल गर्दै अस्कर कलेज



अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिन फिल्म फेस्टिभल गर्ने भएको छ । कलेजले आउँदो मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा फिल्म फेस्टिभल गर्न लागेको हो । कलेजका प्रिन्सिपल रामराजा दाहालले अस्कर कलेजले केही वर्षअघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले आउँदो शुक्रबार र शनिबार फेस्टिभल गर्न लागेको जनाएका छन् ।

‘गत साल पनि हामीले महामारीकै बीचमा पनि भर्चुअल माध्यममा भए पनि फेस्टिभल गरेका थियौँ । महामारीका कारण मृतप्रायः रहेको उद्योगलाई गतिशील बनाउन यो फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया पाएका थियौँ,’ उनले भने, ‘त्यही प्रतिक्रियाले उत्साहित भएर यो साल पनि निरन्तरता दिएका हौँ ।’ दाहालका अनुसार, फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएका चलचित्रसँगै विश्वका प्रतिष्ठित फेस्टिभलमा छानिएका चलचित्र पनि देखाइनेछ ।

कलेजको संलग्नतामा निर्माण भएका र फेस्टिभलमा स्क्रिनिङ हुने चलचित्र पनि विश्वका धेरै फेस्टिभलमा छानिएका चलचित्र हुन् । नियमित चलचित्र प्रदर्शनसँगै फेस्टिभलमा नेपाली चलचित्र सम्बन्धी विभिन्न विषयमा छलफल पनि समानान्तर रुपमा चल्नेछन् । छलफलका विषय र सहभागी केही दिनमै टुंगो गरेर सार्वजनिक गर्ने प्रिन्सिपल रामराजा दाहालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu