दीपेन्द्रको निर्देशनमा ‘घुइँचो’ बन्ने, बाँधियो एलिजा र कुन्साङको जोडी



दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । यो चलचित्रको सोमवार राजधानीको होटल एभरेष्टमा औपचारिक घोषणा गरियो । चलचित्रमा अभिनेत्री एलिजा गौतम र नव-नायक कुन्साङ बोम्जनको जोडी बाँधिएको छ । यही चलचित्रबाट कुन्साङले नायकको रुपमा डेब्यू गर्नेछन् । उनले एक दर्जन बढी म्यूजिक भिडियोमा भने अभिनय गरिसकेका छन् ।

आरजे म्यूजिक एन्ड फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन् । आउँदो माघबाट छायांकनमा निस्कने चलचित्रका लागि अन्य कलाकारको भने टुंगो लागिसकेको छैन । निर्माता दैलेखीले केही दिनमा बाँकी कलाकार छनोट गरेर छायांकनमा निस्कनुभन्दा अगाडि वर्कसप हुने बताए । चलचित्रको कथावस्तु बलियो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ ।

अभिनेत्री गौतमले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न तयार भएको बताइन् । उनले भनिन्, ‘चलचित्रमा काम गर्ने मेरो सानैदेखिको रहर थियो । मेरो पहिलो चलचित्र ‘अनुराग’ जे जस्तो भए पनि धेरै कुरा सिक्ने मौका पाएको थिएँ । र, अब ‘घुइँचो’ मा एकदमै मिहिनेत गरेर काम गर्नेछु ।’ उनले यस चलचित्रमा आफूलाई दर्शकले फरक भूमिकामा देख्न पाउने बताइन् ।

त्यस्तै, कुन्साङले राम्रो कथावस्तुमा काम गर्नका लागि आफू उत्साहित रहेको बताए । म्यूजिक भिडियोमा चकलेटी अवतारमा रुचाइएका उनले यो चलचित्रमा गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् । निर्देशक लामाले चलचित्र सुःख-दुःख, सपना, इमान्दार, बेइमानहरुको घुइँचो रहेको बताए । जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिकासम्मको यात्राको कथामा चलचित्र बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu