दुबईमा ‘गुञ्जन’ को छायांकन, प्रितमसँग रोमान्टिक बनिन् सारा



चलचित्र ‘गुञ्जन’ युनिट यतिबेला दुबई पुगेको छ । चलचित्रको एक गीत ‘सासे चल्छ पल पल तिम्रै मायाको’ छायांकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन सहित अभिनेता प्रितमराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको साथमा जम्बो युनिटसहित दुबई पुगेका हुन् ।

प्रिमतराज र साराको रोमान्टिक अन्दाजमा चलचित्रको गीत दुवईको विभिन्न आकर्षक लोकेसनमा छायांकन भइरहेको छ । जसको कोरियोग्राफी कबिराज गहतराजले गरिरहेका छन् भने छायांकन बिदुर पाण्डे छन् ।

विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो डेब्यु चलचित्र हो । आफूले चलचित्र क्षेत्रबाट सिकेको, जानेको सबै ‘गुञ्जन’मा खन्याएको अष्टले बताए ।

विशुद्ध प्रेमकथाको बिषयमा बनेको चलचित्रमा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय छ । प्रितमराजले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् ।

राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको चलचित्रको काठमाडांै, पोखरा, जोमसोममा छायांकन भएको छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत रहेको छ । उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu