‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ इमेज च्यानलबाट प्रशारण हुने



पछिल्लो समय नेपालमा गायन रियालिटी शोप्रति आकर्षण बढिरहेको समयमा इमेज च्यानल एचडीबाट नयाँ रियालिटी शो प्रशारण हुने भएको छ । भ्वाइस स्टार नेपालले निर्माण गर्ने ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ इमेजबाट प्रशारण हुन लागेको हो । सोमबार इमेज टिभी एचडी र भ्वाइस स्टार नेपालबीच सम्झौता भएको छ ।

इमेज एचडीका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायब महाप्रवन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवि श्रेष्ठ र सुरज जोशीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा संगीतिक क्षेत्रमा संघर्षरत गायक गायिका तथा दुरदराजमा रहेका प्रतिभालाई स्थान दिइने निर्देशक रवि श्रेष्ठ बताए । रविका अनुसार शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिस्पर्धीहरूको छनोट गरिनेछ । डिजिटल अडिसन पुषको पहिलो साताबाट खुल्ला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ ।

२५ श्रृंखलासम्म चल्ने प्रतिस्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् । विजेताको घोषणा दर्शकले दिएको भोटका आधारमा नै हुनेछ । भोटका लागि सजिलो पे भोटिङ पार्टनर बनेको छ । शोको निर्णायकहरू पक्‍का भइसकेका छन् । तर, प्रचारको लागि ‘गेस द जजेज क्याम्पिन’ हुनेछ । उक्त क्याम्पेनमा विजयी हुनेले आकर्षक पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu