कांग्रेस महाधिवेशन प्रतिनिधिमा रिनाशाको उम्मेदवारी, रोज सर्वसम्मत चयन



नेपाली कांग्रेसको चौधौं अधिवेशनलाई मध्यनजर गर्दै अहिले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने काम भइरहेको छ । सात तहको चरण पूरा भएपछि महाधिवेशनबाट केन्द्रीय नेतृत्व निर्वाचित हुने भएकाले कांग्रेस निकट चलचित्रकर्मीहरुले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिइरहेका छन् । केही विजयी पनि भइसकेका छन् ।

चलचित्र निर्माता संघका महासचिव तथा निर्माता, निर्देशक र कलाकार रोज राणा प्युठानबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । प्युठानका क्षेत्रीय सभापति समेत रहेका उनी कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । चलचित्र क्षेत्रसँगै राजनीतिमा पनि उनले आफ्नो बलियो पकड बनाइसकेका छन् ।

त्यस्तै, निर्देशक तथा नेपाल सांस्कृति संघका सभापति तिर्थ थापा बेशिसहर लम्जुङबाट महाधिवेशन प्रतिनिधि, चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार (मधेशी कोटा) पनि प्रदेश सभा क्षेत्र नं. १ काठमाडौंबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि र चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष मनोज केसी प्रदेश प्रतिनिधिमा काठमाडौ जिल्ला क्षेत्र नं १ प्रदेश (क) बाट विजयी भएका छन् ।

कोरियोग्राफर तथा ‘इन्टु मिन्टु लण्डनमा’ चलचित्र की निर्देशक रिनाशा वान्तवा राई (राणा) ले पनि कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि इलाम क्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी छन् । यतिबेला इलाममा रहेकी उनले गाउँ समाजको परिवेश र समाजसेवा गर्ने ध्येयले आफूलाई राजनीतिमा सक्रिय बन्न प्रेरित गरेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu