निर्देशक लामा भन्छन्, ‘कलाकारको ‘रेन्ज’ बढाउन आवश्यक छ’



निर्देशक दीपेन्द्र लामाले नेपाली चलचित्र क्षेत्रमा कलाकारहरुको एकदमै अभाव रहेको बताएका छन् । चलचित्र क्षेत्रमा कलाकारको ‘रेन्ज’ बढाउन नयाँ अनुहारको आगमन आवश्यक रहेको उनको भनाई छ । आफ्ना तीन चलचित्र ‘घामपानी, गोपी र छ माया छपक्कै’ मा चलेका कलाकारसँग काम गरेका उनी मेकरले नयाँ कलाकारलाई पनि डेब्यूको अवसर दिनुपर्ने बताउँछन् ।

आफ्नो नयाँ चलचित्र ‘घुइँचो’ बाट कुन्साङ बोम्जनलाई नायकको रुपमा डेब्यू गराउन लागेका उनले सोमवार यही चलचित्रको घोषणा सभामा भने- ‘अहिले हामीकहाँ कलाकारको अभाव छ । दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, प्रदीप खड्का लगायतका कलाकारले डेट नदिए उहाँहरुको विकल्प छैन । त्यसैले कलाकारको रेन्ज बढाउन पनि नयाँ अनुहारको आगमन आवश्यक छ ।’

चलचित्र ‘घामपानी’ बाट निर्देशनमा डेब्यू गरेका लामाले डेब्यू पाउनु हरेक मानिसका लागि ठूलो अवसर रहेको बताए । उनी अगाडि भन्छन्, ‘कसै न कसैलाई हामीले ब्रेक दिनुपर्छ । कुन्साङलाई हामीले डेब्यू गराउन पायौं त्यो हाम्रो लागि खुसीको कुरा हो । यसमा कुन्साङले आफ्नो प्रतिभा पोख्न सक्नुभयो भने उहाँ अरुको नजरमा पनि पर्न सक्नुहुन्छ र इन्डस्ट्रीले पनि नयाँ अनुहार पाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu