सिन्धुलीबाट ‘गोर्खा वारियर २’ को बाँकी छायांकन सुरु



कोरोना संक्रमण फैलिन नदिन सरकारले दोस्रो चरणको बन्दाबन्दी घोषणा गरेपछि अधुरैमा रोकिएको चलचित्र ‘गोर्खा वारियर २’ को बाँकी छायांबन बिहीवारबाट सुरु भएको छ । बुधवार १ सय १७ जनाको टिम लिएर सिन्धुली पुगेका निर्देशक मिलन चाम्सले बिहीवार एक मन्दिरमा क्यामेरा पूरा गर्दै फिल्मको छायांकन थालेका हुन् । सिन्धुलीमा १८ दिन चलचित्रको छायांकन हुनेछ ।

सिन्धुलीपछि चलचित्रको बाँकी छायांकनका लागि निर्माण टिम दमौली जाने सेड्युल छ । नेपाल छायांकनपछि चलचित्रलाई मलेशिया र यूकेमा पनि खिचिने चाम्सले बताए । चलचित्रलाई दुईवटा रेड क्यामेराबाट खिचिनेछ । अनुमानित ३ करोडको बजेटमा निर्माण हुन लागेको चलचित्रले गोर्खाली सेनाको वीरता र योगदानको कथा भन्नेछ ।

चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले लगायत मुख्य भूमिकामा छन् । सुदिप बरालले खिच्ने चलचित्रलाई २०२२ मा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । निर्देशक चाम्सले ‘गोर्खा वारियर’ को पहिलो पार्ट नबन्दै दोस्रो पार्ट निर्माण गर्न लागेका हुन् । दोस्रो पार्ट प्रदर्शनमा आएपछि पहिलो पार्ट निर्माण हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu