चलचित्र ‘टुल्की’ सेन्सर पास



चलचित्र ‘टुल्की’ सेन्सर पास भएको छ । बुधबार चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न मिल्ने गरी यूनिभर्सल सर्टिफिकेट दिएको छ । ‘टुल्की’ सेन्सर पास भए पनि प्रदर्शन मिति अन्योल छ । निर्माण टिमले चलचित्रलाई नेपालभन्दा पहिले अन्तर्राष्ट्रिय महोत्सवहरुमा पठाउने तयारी गरेको छ ।

द पाल्म ग्रुप प्रा.लीको ब्यानरमा शेखर लामाको प्रस्तुती रहेको चलचित्रले हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथा बोल्छ । लक्ष्मण सुनारको कथा, देव जंग थापाको छायांकन तथा निर्देशनमा बनेको चलचित्रमा आर.पि. कर्माचार्य र शेखर लामाको लगानी छ ।

शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय छ । ब्राम्हण बस्तिमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu