राजेश हमालले किने जीप कम्पास



अभिनेता राजेश हमालले १३ वर्षपछि गाडी फेरेका छन् । सन् २००० मा कियाले बजारमा ल्याएको स्पोर्टेज गाडीमा १३ वर्षसम्म हुँइकिएका उनले नयाँ जीप कम्पास किनेका हुन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जीप शोरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन् ।

‘मैले युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको थिए । शुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जीप पनि चलाएको थिए । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने । उनले जीप कम्पास ८४ लाखमा खरिद गरेको जानकारी प्राप्त छ ।

‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सीमाना’ जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नायक हमालले तीन दशकको अवधिमा दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनी चार वर्षपछि चलचित्र ‘सत्यम्’ बाट अभिनयमा पुनरागमन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu