ऋषिराज आचार्य निर्देशित चलचित्र ‘चुरिफुरी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिएको छ । २ मिनेट ४४ सेकेण्डको ट्रेलरमा अष्ट्रेलिया जान लाग्दा र जग्गा किन्दा ठगिएकाहरुको कथालाई कमेडी शैलीमा देखाइएको छ ।

चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, दीपक आचार्य, रविन्द्र झा, सुरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । अभिषेक र पूजाले यही चलचित्रबाट नायक र नायिकाको रुपमा डेब्यू गर्न लागेका हुन् ।
राहुले राइको छायांकन रहेको चलचित्रमा भिमफेदी ग्रुपको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । आउँदो पुष ९ गतेबाट प्रदर्शन आउन लागेको चलचित्रको निर्मातामा निर्देशक आचार्य र रिना ढकाल छन् भने सह–निर्माता विमला भुसाल, राजेन्द्र खाती, खेमराज भण्डारी र शिव थापा छन् । चलचित्रको कथा, पटकथा र संवाद ऋषिराज स्वयंले तयार पारेका हुन् ।