मंसिर १४ गते बिहे गर्दै रेश्मा घिमिरे



यही मंसिरमा अभिनेत्री तथा मोडल रेश्मा घिमिरेले विवाह गर्ने भएकी छन् । मंसिर १४ गतेलाई उनको विवाहको मिति जुरेको छ । रेश्माले गत वर्षको मंसिर १८ गते अमेरिकामा अध्ययनरत् प्रभात बाबुसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा र प्रभातबीच तीन वर्षअघि चिनजान भएको थियो । कुराकानीको क्रममा मायामा डुबेका उनीहरुले दुवै पक्षको परिवारको सल्लाहमा विवाह गर्न लागेका हुन् ।

रेश्माले चलचित्र ‘यो साइनो मायाको’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसपछि रंगिन दुनियाँबाट टाढा भएकी उनी पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त छिन् । टिकटकबाट रातारात चर्चामा आएकी उनी जन्मथलो विराटनगरमा नै बस्ने गर्दछिन् । म्यूजिक भिडियोमा राम्रो छाप बनाएकी उनी नर्स पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu