‘एपिक नेपाल म्युजिक अवार्ड’ मा पल र शिल्पा उत्कृष्ट मोडल (सूचीसहित)



‘तेस्रो एपिक नेपाल म्युजिक अवार्ड’ भक्तपुरको बोडेमा शनिबार सम्पन्न भएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका कलाकार तथा प्राविधिकहरुलाई दिइने यसअवार्डको यसबर्षको संस्करणमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले सहकार्य गरेको थियो । सोहि अनुरुप नगरपालिका भित्रको बोडेस्थित कुमारी मन्दिर परिसरमा भब्य समारोहका बिच ३२ बिधा सहित बिभिन्न ४० वटा सम्मान प्रदान गरियो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली चलचित्र तथा गीतसंगीतको क्षेत्रका वरिष्ठ कलाकारहरु पनि अतिथिको रुपमा उपस्थिती थियो । प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमि भित्रका पुरातात्विक बस्तु, संस्कृति जगेर्ना गर्ने उद्धेश्यले नगरपालिकाले अवार्डसँग सहकार्य गरेको बताए । साथै आगामी दिनमा पनि सहकार्य अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरे ।

अवार्ड आयोजक संस्था एपिक नेपाल म्युजिक प्रा.लीकी अध्यक्ष बबिता श्रेष्ठले मध्यपुर थिमि नगरपालिका सहकार्य गर्न पाउँदा खुसी लागेको र नगरप्रमुखले नेपाली कला क्षेत्रप्रति देखाएको चासो र सद्भावका लागी धन्यवाद दिइन् । समारोहमा वरिष्ठ हास्य अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई १ लाख १ हजार रुपैंयाको राशिसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । साथै लामो समयदेखी रंग पत्रकारिता गर्दै आएका पत्रकार जीवन पराजुलीलाई नगद २१ हजार रुपैंयाको राशि सहित मनोरन्जन पत्रकारिता सम्मान प्रदान गरियो ।

तेस्रो एपिक नेपाल म्युजिक अवार्डका लागी निर्णायकमा गायक तथा सर्जक कन्तुप पन्त, पत्रकार तथा निर्देशक सुब्रत राज आचार्य र म्युजीक भिडियो निर्देशक देवेन्द्र पाण्डेय रहेका थिए । दिनेश डिसीले सञ्चालन गरेको कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार रबिन्द्र खड्का, नायक धिरेन शाक्य, कलाकार पल्पसा डंगोल लगायतको उपस्थिती रहेको थियो ।

अवार्ड बिजेताहरुको नामावली :-

सर्बोत्कृष्ट लोकदोहोरी गायक – खेम सेन्चुरी– झ्यालमापर्दा छ
सर्बोत्कृष्ट लोकदोहोरी गायीका – टिका पुन – भाग्यमै छौ
सर्बोत्कृष्ट लोकदोहोरी शब्द – नेत्र अर्याल–झ्यालमापर्दा छ
सर्बोत्कृष्ट लोकदोहोरी लय – श्रीकृष्ण बम मल्ल – डाँडा घरे साइली
सर्बोत्कृष्ट लोकदोहोरी मोडल पुरुष – बिपेश घिमिरे – माइली
सर्बोत्कृष्ट लोकदोहोरी मोडल महिला – सारिका के.सी – लाहुर
सर्बोत्कृष्ट लोकदोहोरी नव मोडल पुरुष – सुरज श्रेष्ठ – ओई गन गन–२
सर्बोत्कृष्ट लोकदोहोरी नव मोडल महिला – चौका दाउ
सर्बोत्कृष्ट लोकदोहोरी नवगायक – अलिफखान – झुम्के बुलाकी
सर्बोत्कृष्ट लोकदोहोरी नवगायीका – सोनिया डि.सी – नसालु माया
सर्बोत्कृष्ट लोकदोहोरी भिडियो नृत्य निर्देशक –काजिस श्रेष्ठ – सुर्ति माड्दै माड्दै
सर्बोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक – रविनशाह – बाँचे कमाउला
सर्बोत्कृष्ट आधुनिक गायक – प्रोम सेन्चुरी – जिवनयहाँ यस्तै छ
सर्बोत्कृष्ट आधुनिक गायीका – मेलिना राई – कहाँहोला मेरो मायालु
सर्बोत्कृष्ट आधुनिक गीतकार – भोजराज पाण्डे – आँधि हुरी
सर्बोत्कृष्ट आधुनिक संगीतकार – केसब साप्कोटा – तिम्लाई माया गर्ने मुटु
सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष – पल शाह – फुलबुट्टे सारी
सर्वोत्कृष्ट आधुनिक मोडल महिला – शिल्पा पोखरेल – ए जिन्दगि
सर्वोत्कृष्ट आधुनिक नवमोडल पुरुष– बिजयपुन – पथ्थरको मुटु

सर्वोत्कृष्ट आधुनिक नवमोडल महिला – प्राचिलामा– तिमियति राम्रि किन
सर्वोत्कृष्ट आधुनिक नवगायक – देबेन्द्र बब्लु – मायालु
सर्वोत्कृष्ट आधुनिक नवगायीका – एलिना चौहान – धोकेवाज
सर्वोत्कृष्ट आधुनिक भिडियो निर्देशक – बिक्रम चौहान – भुपु माया –४
सर्वोत्कृष्ट नवनिर्देशक –साहिलखान – एक्लै हुदा पर्देशमा
सर्वोत्कृष्ट संगीत संयोजन – बिश्वास नेपाल – झल्को आम्च का
सार्वोत्कृष्ट भिडियो सम्पादक – मिन रावल – चोट
सर्वोत्कृष्ट भिडियो छायांकार – नवराज उप्रेती – फुटेका चुरा
सर्वोत्कृष्ट काँठे भाकागायक – रामशरण आले मगर – घैया मकै
सर्वोत्कृष्ट काँठे भाकागायीका – शारदा रसाईली – खेतको आलि
सर्वोत्कृष्ट देउडा गायक – ध्वज महरा – धनगडि बजार
सर्वोत्कृष्ट देउडा गायीका – रेखा जोसी – नबड्याकी ठ्याउकी
सर्वोत्कृष्ट नेपालभाष गायक – हरि सुन्दर श्रेष्ठ – भगवानखामबा
सर्वोत्कृष्ट नेपालभाषा गायीका – कल्पनाश्रेष्ठ – छँगुःला स्वःगचु मिखा
सर्वोत्कृष्ट आधुनिक पपुलर मोडल – दुर्गेश थापा – तिमियति राम्रि किन?
लोकदोहोरी गायीका जुरि – सरिता डाँगी – मेरो हजुर
भिडियो छायांकार (इन्करेजमेन्ट) – नमराज घिमिरे– लाइदेउ माया
नृत्य निर्देशक (जुरी) – प्रबिनथापा – मदानिमा नेति

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu