राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनलाई रेखाको समर्थन



यही मंसिर १५, १६ र १७ गते काठमाडौंमा हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिएसँगै नयाँ अध्यक्षको बहस तीव्र भएको छ । अध्यक्षको आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् । राप्रपाका वर्तमान अध्यक्ष कमल थापा पुनः अध्यक्षमा उठ्दैछन् भने उनलाई झापाका राजेन्द्र लिङ्देनले चुनौती दिने भएका छन् । दुवै पार्टीभित्र राम्रो पकड भएका नेतामा चिनिन्छन् ।

राप्रपा निकट मानिने चलचित्रकर्मीहरु पनि यतिबेला कोही कमल थापा त कोही राजेन्द्र लिङ्देनको पक्षमा खुलेका छन् । अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले भने अध्यक्षमा राजेन्द्रलाई समर्थन गरेकी छन् । उनले राजेन्द्रका लागि खुलेरै भोट माग्न थालिसकेकी छन् । आइतवार उनले फेसबुकमा एक पोस्टर राख्दै राजेन्द्र लिङ्देनलाई अध्यक्षमा जिताउन आग्रह गरेकी छन् ।

केही दिनअघि राजेन्द्रले काठमाडौंको एक होटलमा उम्मेदवारी घोषणा गर्दा रेखा पनि उपस्थित थिइन् । महाधिवेशन प्रतिनिधि समेत रहेकी उनी राजेन्द्रको प्यानलबाट राप्रपाको पदाधिकारीमा उम्मेदवारी दिने तयारीमा छिन् । उनले कुन पदमा उम्मेदवारी दिने भन्नेमा छलफल गरिरहेकी छन् । २०७३ सालमा राप्रपा प्रवेश गरेकी उनी अब पार्टीलाई युवा नेतृत्वपंक्तिले हाँक्नु पर्ने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu