प्रभातसँग रेश्माले गरिन् बिहे



अभिनेत्री तथा मोडल रेश्मा घिमिरे विवाह बन्धनमा बाँधिएकी छन् । उनले सोमवार प्रभात बाबुसँग विवाह गरेकी हुन् । अहिले विराटनगरको एक रिसोर्टमा उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरिरहेका छन् । रेश्मा र प्रभातको विवाह समारोहमा नायिका वर्षा राउत सहभागी छिन् । रेश्मा र वर्षा निकै मिल्ने साथी हुन् ।

अघिल्लो वर्ष प्रभात बाबुसँग रेश्माको इन्गेजमेन्ट भएको थियो । रेश्माका श्रीमान् प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा र प्रभात सामाजिक सञ्जालको माध्यमबाट जोडिएकी थिइन् । करीब तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।

रेश्मा अचेल म्यूजिक भिडियोमा व्यस्त छिन् । पेशाले नर्स समेत रहेकी उनले चलचित्र ‘यो साइनो मायाको’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, पहिलो चलचित्र नै असफल भएपछि उनले नयाँ चलचित्रमा काम गरेकी छैनन् । यद्यपि, उनलाई यतिबेला चलचित्रबाट बाक्लै प्रस्ताव पुग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu