माघ २८ मा सौगात र दीयाको ‘मन्त्र’



चलचित्र ‘मन्त्र’ को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारी र लकडाउनका कारण प्रदर्शनमा आउन नसकेको चलचित्रलाई निर्माण टिमले आगामी माघ २८ गतेबाट प्रदर्शन गर्ने निर्णय गरेको हो । सोमवार निर्माण टिमले प्रदर्शन मितिसँगै चलचित्रको पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा चलचित्रका कलाकारहरु सौगात मल्ल, दीया पुन र बुद्दि तामाङ प्रस्तुत छन् ।

खिल बहादुर गुरुङ निर्देशित चलचित्रमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । ‘मन्त्र’ एउटा अर्गानिक चलचित्र रहेको निर्देशक गुरुङले दाबी गरेका छन् । करिब ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्यामसम्म पुगेर छायांकन भएको चलचित्रमा मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ ।

यस चलचित्रमा नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पा लगायतको पनि अभिनय छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको चलचित्रमा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी, साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ । ‘मन्त्र’ लाई हिमालयन लभ स्टोरी भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu