चलचित्र ‘लाखे’ बन्ने, सौगातदेखि आर्यनसम्म मुख्य भूमिकामा



चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले मल्टिस्टार कलाकार लिएर चलचित्र बनाउन लागेका हुन् । चलचित्रका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भएका छन् । चलचित्रका लागि कलाकार अडिसनमार्फत् छनौट हुने निर्देशक बस्नेतले बताए ।

‘प्रतिभा भएर पनि अभिनय अवसर नपाएका र कला क्षेत्रमा करिअर बनाउन चमहनेलाई अवसर दिन अडिसन गर्न लागिएको हो’ निर्देशक बस्नेतले भने ‘अडिसनले चलचित्र क्षेत्रमा नयाँ तथा प्रतिभावान ब्यक्ति पाउँछ भन्ने विश्वास छ ।’ चलचित्रको करीब आधा दर्जन चरित्रका लागि कलाकार अडिसनमार्फत् छान्न लागिएको हो ।

निर्देशक बस्नेतका अनुसार चलचित्रका लागि १८ देखि २४ बर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछ ।
कलाकार छनौटका लागि अडिसन आगामी शनिबार अर्थात मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा राखिएको चलचित्रका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । ठुलो बजेटमा निर्माण हुने बताइएको चलचित्रको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा विषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu