विनोद पौडेलको निर्देशनमा ‘रबर सिटी’ बन्ने



समीक्षात्मक रुपमा सफल चलचित्र ‘बुलबुल’ का निर्देशक विनोद पौडेलले नयाँ चलचित्र ‘रबर सिटी’ को निर्देशन गर्ने भएका छन् । यो चलचित्रका लागि मुख्य कलाकारमा शुशांक मैनालीलाई अनुबन्ध गरिएको छ । उनीसँगै विक्रम कुमार शर्मा र राधा शर्मा लम्साल पनि चलचित्रमा अनुबन्ध भएको निर्देशक पौडेलले बताए । चलचित्र ६ करोडको लागतमा निर्माण हुनेछ ।

भुटानबाट नेपाल आएर अमेरिका पुगेका भुटानी शरणार्थीको कथामा बन्न लागेको चलचित्रमा किर्तना बाँस्कोटा, अविरल थापा, भक्त रिजाल, यातिन पर्खानी र राजु पौडेलको लगानी रहनेछ । चलचित्रको छायांकन अमेरिकामा हुनेछ । बाँस्कोटा प्रोडक्सन र अवेकन प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्रलाई पहिला विभिन्न फेष्टिभलमा प्रिमियर गरेपछि नेपालमा रिलिज गर्ने योजनामा निर्माण टिम छ ।

चलचित्रका लागि अन्य कलाकारहरुको खोजी भइरहेको निर्देशक पौडेलले जानकारी दिए । सकेसम्म नयाँ अनुहारलाई लिएर काम गर्ने उनको योजना छ । अंकित पौडेलले खिच्ने चलचित्रको कथा निर्देशक पौडेलको हो । चलचित्रले विश्वबजारमा नेपाली चलचित्रलाई स्थापित गराउने विश्वास लिएको निर्माता थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu