चलचित्र ‘बजरंगी’ बनाउँदै प्रशान्त गिरी



चलचित्र ‘बाउन्सर’ रिलिज पश्चात अमेरिका उडेका नायक प्रशान्त गिरी नयाँ चलचित्रको तयारीका लागि लामो समयपछि नेपाल आएका छन् । ७ वर्षअघि नै निर्माण घोषणा गरिएको चलचित्र ‘बजरंगी’ को काम अगाडि बढाउन आफू नेपाल आएको उनले जानकारी दिए । चलचित्रमा उनकै अभिनय र निर्माण रहनेछ । अहिले चलचित्रको स्क्रिप्ट लेखनको काम भइरहेको प्रशान्तले बताए ।

चलचित्र ‘थ्याङ्क्यू’ बाट लिड नायकको रुपमा डेब्यू गरेका गिरीले हरर चलचित्र ‘साइना’ मा पनि मुख्य नायकको रुपमा काम गरेका थिए । ‘बजरंगी’ को छायांकन अर्को वर्षको मध्यबाट सुरु हुनेछ । उनी भन्छन्, ‘विभिन्न कारणले गर्दा अभिनयलाई निरन्तरता दिन सकेको थिइनँ । अब निरन्तर चलचित्रमा काम गर्ने सोचमा छु । चलचित्रलाई उत्कृष्ट बनाउन अहिले स्क्रिप्टमा मिहिनेत गरिरहेका छौं ।’

नायक गिरी अमेरिकामा ग्याँस र लिक्युड लगायतका व्यवसायमा सक्रिय रहेका छन् । केही हप्ताअघि अमेरिकाबाट नेपाल आएका उनले हालै काभ्रे पुगेर आफूले अध्यन गरेको विद्यालयलाई प्रिन्टिङ्ग लगायतका सामाग्रीसहित विद्यालय रङरोगन र सरसफाइका लागि ६० हजार नगद सहयोग गरेका छन् । उनी नेपालमा पनि पेट्रोलिय पदार्थ र रेष्टुरेन्ट व्यवसायमा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu