महंगोमा बिक्री भयो ‘प्रकाश’ को डिजिटल राइट्स



डिएआर मुभिजले चलचित्र ‘प्रकाश’ को डिजिटल राइट्स खरिद गरेको छ । निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा चलचित्रको खरिद सम्झौता गरिएको हो । हालसम्मकै महंगो रकममा डिजिटल राइट्स बिक्री भएको जानकारी प्राप्त छ ।

चलचित्रको भारतमा हिन्दी भाषामा डब गरेर समेत प्रदर्शन गर्ने तयारी रहेको जानकारी निर्माताले दिए । चलचित्रलाई भारतका विभिन्न शहरमा रहेका सिनेमा हलमा नेपाली भाषामा समेत प्रदर्शन गरिनेछ ।

बिनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ । दिनेश राउतले चलचित्रको निर्देशन गरेका हुन् ।

विकास सुवेदीको कथा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन र जिवन थापाको सम्पादन रहेको छ । चलचित्रमा दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ । चलचित्रले गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षको कथा बोकेको छ । चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu