हलमा लाग्यो ‘ओभर डोज’



शुक्रवारबााट नेपाली चलचित्र ‘ओभर डोज’ प्रदर्शनमा आएको छ । तीन दर्जन बढी सिंगल हलमा एकसाथ लागेको चलचित्रले राजधानीका केही ठूला मल्टीप्लेक्समा भने शो नै पाएको छैन । जबकि, शुक्रवारबाटै रिलिज भएको हिन्दी चलचित्र ‘तडप’ लाई उच्च शो दिइएको छ ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्ना कुनै पनि स्टेशनहरुमा चलचित्रलाई शो दिएको छैन । त्यस्तै, वान सिनेमाजमा पनि चलचित्रले शो पाएको छैन । क्यूज सिनेमाजले भने चलचित्रलाई दुई शो, कीर्तिपुर सिनेप्लेक्सले एक शो, एफक्यूबले एक शो, आइएनआइले दुई शो र सिडिसी सिनेमाले एक शो दिएको छ ।

सुमन पौडेल निर्देशित चलचित्रमा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायतको अभिनय रहेको छ । चलचित्रलाई जीवन कुमार केसीले निर्माण गरेका हुन् । उपेन्द्र पन्जियार, जुनियर मोरेनोको कथा रहेको चलचित्रमा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu