प्रकु पाण्डेको निर्देशनमा बनेको चलचित्र ‘ईओजी’ (एरर्स अफ गड) को टिजर यूट्युबमा सार्वजनिक भएको छ । टिजरमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानहरुको कथालाई देखाइएको छ । टिजरले दर्शकमा चलचित्रप्रति चासो र कौतुहलता जन्माएको छ ।

सगुन पोखरेलको निर्माण रहेको चलचित्रमा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनालसँगै रंगमञ्चका पचासभन्दा बढी कलाकारहरुको अभिनय छ ।
संगीत सापकोटाको कथा रहेको चलचित्रमा मोनिस निरौला र उत्सव बुढाथोकीको संगीत छ । ‘ईओजी’ मा क्राइसिस ज्याक (कृष्ण) को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन, विक्रम भण्डारीको भिएफएक्स र शक्ति राईको कला निर्देशन रहेको छ । चलचित्रले दर्शकलाई फरक स्वाद दिने पनि निर्देशक पाण्डेले बताएका छन् ।


