राप्रपाको महामन्त्रीमा रेखा पराजित



राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा पराजित भएकी छन् । उनलाई कुन्ती शाहीले हराएकी हुन् । शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा रेखा थापाले १ हजार ६ सय ४० मत प्राप्त गरेकी छन् ।

रेखाले महामन्त्रीमा उम्मेदवारी दिएपछि सामाजिक सञ्जालमा उनले ‘गणतन्त्र मनपर्ने’ भनेर दिएको एक अन्तर्वार्ता निकै भाइरल भएको थियो । उक्त भिडियो कमल थापाले समेत सामाजिक सञ्जालमा शेयर गरेका थिए । रेखा महामन्त्रीमा पराजित हुनुमा यही अभिव्यक्ति घातक बनेको कतिपयको विश्लेषण छ ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखाले २०७३ सालबाट राप्रपाको राजनीति सुरु गरेकी थिइन् । राप्रपा प्रवेश गर्दा कमल थापा नजिक मानिएकी उनी पछि पशुपति सम्शेर राणासँग नजिक देखिएकी थिइन् । तर, महाधिवेशनमा उनी राजेन्द्र लिङ्देनको पक्षमा खुलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu