स्वस्थानीको कथा जति पनि नेपाली चलचित्रको औकात छैन : निखिल उप्रेती



तीन वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘पिंजडा ब्याक अगेन’ पछि अभिनयबाट टाढा रहेका सुपरस्टार निखिल उप्रेतीले अहिले आफू नयाँ चलचित्रको तयारीमा रहेको बताएका छन् । हालै सञ्जय सिलवाल गुप्ताको शोमा उनले नयाँ चलचित्रको बारेमा बताएका हुन् । अब आफू महाफन्टुस चलचित्र पनि बनाउने उनको भनाई छ ।

उनले भनेका छन्, ‘अहिले म नयाँ चलचित्रको तयारीमा छु । अब म महाफन्टुस चलचित्र पनि बनाउँछु । म कमर्शियल चलचित्र बनाउन चाहन्छु । तर, कमर्शियलभित्र शिक्षा हुँदैन । शिक्षामुलक चलचित्र पनि बनाउने सोचमा भने छु ।’ नयाँ चलचित्रका लागि आफूलाई कलाप्रति क्रेजी भएका व्यक्तिहरु चाहिएको उनले बताए ।

निखिलले नेपाली चलचित्रको औकात स्वस्थानीको कथा जति पनि नरहेको बताएका छन् । उनी भन्छन्, ‘पुष महिनामा स्वस्थानीको पुस्तक तीन पटकसम्म दोहोर्‍याएर पढ्ने गरिन्छ । हरेक पटक पढ्दा हामी रुन्छौं । तर, नेपाली चलचित्र एक पटक हेरेपछि दर्शकले फर्केर नहेर्ने गरी छोड्छन् । यसको मतलब स्वस्थानीको जति पनि नेपाली चलचित्रको औकात छैन ।’

नेपालमा चलचित्र भनेर स्कूूल बनाउन थालिएको उनको भनाई छ । केही विद्वानहरुले चलचित्रमा शिक्षा हुनुपर्छ भनेर बहस गरिरहेको भए पनि यसको कुनै औचित्य नरहेको उनी बताउँछन् । उनी प्रश्न गर्दै भन्छन्, ‘चलचित्रमा शिक्षा हुनुपर्छ भने स्कूलमा के हुनुपर्छ ? अनि चलचित्रमा पनि शिक्षा हुनुपर्छ भने मनोरञ्जन चाहिँ कहाँ हुनुपर्छ ? त्यसैले मनोरञ्जनलाई मनोरञ्जनको ठाउँमा राख्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu